राजेशपायलको दयाहाङ र आँचलको रोमान्स (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, १२ भाद्र

काठमाडौं, ७ भदौ । चर्चित गायक राजेशपायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको ‘त्यो तिमी हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्दरचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।


रचनाकार निर्मला राई ‘परिवेश’ले यसअघि पनि थुप्रै नेपाली चलचित्र एल्बमका गीतहरु लेखिसकेकी छन् । भिडियोमा मिलन चाम्सको निर्देशन रहेको छ भने अभिनेता दयाहाङ राई र नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । यसअघि पनि एक भिडियोमा दयाहाङ र आँचल देखिएका थिए ।

कोरोना संक्रमणका कारण फिल्म निर्माण ठप्प भएपछि दयाहाङ म्युजिक भिडियोमा काम गर्न थालेका हुन् । पछिल्लो समय दयाहाङ र आँचलको जोडी भिडियोमा जम्न थालेको छ ।
महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई सुदिप बरालको छायाँकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् ।

प्रतिक्रिया