ब्रविम र सीताको ‘सेवारो’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ८ आश्विन

काठमाडौं, ८ असोज । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वर रहेको ‘ज्यानै हाजिर भो’ (सेवारो) गीतको भिडियो सार्वजनिक भएको छ ।
साहित्यकार राजन मुकारुङको शब्द तथा संगीत रहेको उक्त गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।
थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । यस गीतको भिडियोमा ब्रबिम शेर्मा, ईक्शा मादेन र पुष्पा लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतमा लिम्बू संस्कार तथा संस्कृति झल्किने गरी प्रस्तुत गरिएको छ ।
किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायाँकन गरेका हुन् भने अनिल रानाको सम्पादन रहेको छ ।

प्रतिक्रिया