सरुको विकिनी अवतार ‘बालै फरर’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, १६ आश्विन

काठमाडौं, १६ असोज । पछिल्लो समय मोडलहरु गीत लेख्ने, संगीत भर्ने, स्वर दिनेदेखि मोडलिङ र निर्देशनसमेत आफैँ गर्न थालेका छन् । यसैक्रममा लामो समयदेखि मोडलिङ तथा नृत्य क्षेत्रमा राज गर्दै आएका कलाकार निर्मल क्षेत्री यतिखेर चर्चामा छन् । क्षेत्रीको गीत ‘बालै फरर’ले राम्रो दर्शक पाइरहेको छ । ‘बालै फरर’ रोमान्टिक फ्लेवरको गीत हो । उक्त गीतको भिडियोमा मोडल सरु धिमाल विकिनीमा देखिएकी छन् ।
‘बालै फरर’ गीतको भिडियोलाई क्षेत्रीले केही दिनअघि मात्र सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक गर्नुअगावै विकिनीकै कारण चर्चा भएको थियो । उक्त गीतको भिडियोमा मोडललार्ई विकिनी अवातारमा उतारिएको छ । ‘बालै फरर’मा क्षेत्री स्वयंम्कै शब्द, संगीत तथा स्वर रहेको छ । जसमा क्षेत्रीलाई गायिका बविना किरातीले स्वरमा साथ दिएकी छन् । यस गीतमा याम थापा मगरले संगीत संयोजन गरेका छन् गीतको म्युजिक भिडियोलाई निर्मल क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोमा निर्मलका अलावा विकिनी भेषमा सरु धिमाल, यमुना रसाइँली र साथीहरुको नृत्य तथा अभिनय रहेको छ । रैबी डीको कोरीयोग्राफी रहेको भिडियोमा दिपक गिरिले छायाँकन र अमृृत चापागाइँ“को सम्पादन रहेको छ ।

प्रतिक्रिया