कतार र नेपालमा ट्रेण्डिङमा दुई गीत : राजेशपायलले भने, ‘मेरो जीन्दगीकै ऐतिहासिक खुसी’
अखबार टुडे
प्रकाशित:
२०७८, ७ श्रावण

काठमाडौं, ७ साउन । नेपालीमा एउटा उखानै छ, ‘अखबरी सुनलाई कसी लगाउन पर्दैन ।’ त्यस्तै, नेपाली सांगीतिक क्षेत्रका मेघास्टार राजेशपायल राईको चर्चा गरिरहनु पनि यहाँ बेकार छ किनकि, ‘राई ईज किङ’ राजेशपायल राई नेपाली गायन क्षेत्रका लागि नामै काफी छ ।

उनै मेघास्टार राजेशपायल यतिखेर अन्तर्राष्ट्रियरुपमा चर्चामा छन् । एक समय कोरियन ¥यापर साई अर्थात मेघाहिट गङनम् स्टाइल जसरी चर्चामा थिए, त्यसरी नै यतिखेर नेपाली मेघास्टार राजेशपायल चर्चामा छन् ।

हुन त यसरी राजेशपायलको चर्चा गरिरहँदा ‘अखबरी सुनलाई कसी लगाएझैँ होला’ । तर, यो नमान्नुहोला । चर्चा यस कारण गरिँदैछ कि, यतिखेर राजेशपायल राईका दुई वटा गीत नेपाल र कतारमा एकैसाथ यु–ट्युबमा ट्रेण्डिङमा छ । त्यो पनि एउटै यु–ट्युब च्यानलबाट ।

सम्भवतः यो नेपाली सांगीतिक क्षेत्रमा लागि नयाँ रेकर्ड हुन सक्छ, अर्को कुरा आम नेपाली संगीतकर्मीका लागि पनि यो खुसीको कुरा हो ।
राजेशपायल मेलिना मैनालीले गाएको ‘चोरी भो’ बोलको गीत कतार र नेपालमा म्युजिकल टे«ण्डिङमा रहेको छ । यस्तै, राजेशपायलकै अर्को गीत ‘लगन’ पनि ट्रेण्डिङमा छ । जुन गीतमा राजेशपायलसँग सुदिता राईले स्वर दिएकी छन् ।

आफ्नो दुई गीतले आफ्नै अफिसिरयल यु–ट्युब च्यानलबाट एकैसाथ कतार र नेपालमा टे«ण्ड्रिङमा बाजी मारेपछि राजेशपायल दंग छन् । उनले बिहीबार खुसी हुँदै आफ्नो अफिसियल फेसबुक फेजमा लेखेका छन्, ‘मेरो जिन्दगीकै सबैभन्दा खुशीको पल अनि नेपाली गीत संगीतकै ऐतिहासिक दिन कतारमा दुइटै गीत एकैसाथ ट्रेण्डिङ २० र र २२ मा र नेपालमा पनि दुईटै गीत एकैसाथ ट्रेण्डिङ १४ र २७ मा तपाइँहरुको यो आर्शीवाद कहिले नघटोस । सदा हजुरहरुकै म…।’

मेघास्टार राजेशपायल राईको यो सफलता पक्कै पनि उनको मात्र होइन । यसमा आम नेपाली संगीतकर्मीले खुसी मान्नुपर्छ किनकि, एक जना नेपाली कलाकारको सफलता आम नेपाली कलाकारको सफलता हो । त्यस्तै, राजेशपायलको खुसी नेपाली संगीतकर्मीकै खुसी हो । अहिले यति नै बुझौँ । थप भिडियो हेर्नुहोला ।

प्रतिक्रिया