शान्तिश्रीको ‘पहिलो गाँसमै ढुंगा…’ भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, २२ आश्विन

काठमाडौं, २२ असोज । चर्चित लोकगायिका शान्तिश्री परियार र ऋषिराम खड्काको गीत ‘ढुंगा लाग्यो पहिलो गाँसैमा’ सार्वजनिक भएको छ । माया पिरतीमा पारिवारिक बाधा आइपरेपछि सिर्जना हुने परिस्थितिको कथामा केन्द्रीत उक्त गीतमा शब्द लय ऋषिराम खड्काको रहेको छ भने स्वर स्वयं खड्का र शान्तिश्री परियारले दिएका छन् ।
प्रिन्शा इन्टरटेनमार्फत भर्खरै बजारमा आएको उक्त गीतको फिचरिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्काले गरेका छन । मदन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोको छायाँंकन हरिश महराले गरेका हुन् । तरंग डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ गायक तथा मोडल जय देवकोटा र रामदीप राम्जालीले गरेका थिए ।

प्रतिक्रिया