निशाले गाइन् ‘यो कस्तो प्रेम’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ५ पुष

काठमाडौं, ५ पुस । नेपाली गीतसंगीत क्षेत्रकी चर्चित गायिका निशा देसारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशेषगरी गजल गायनमार्फत चर्चामा आएकी निशाले यसपटक ‘यो कस्तो प्रेम’ बोलको गीत ल्याएकी छन् । ईन्जिनियर बिष्णुप्रसाद पाण्डेको शब्दरचना रहेको उक्त गीतमा आफ्नो विश्वासिलो मायामाथि प्रेमीले धोका दिएपछिको अवस्थालाई उजागर गरिएको छ । जुन गीतको संगीत सुरेश गैरेले गरेका हुन् ।
उक्त गीतको भिडियोमा ममता अधिकारी, महेश वाग्ले र सोनिया जोशीले अभिनय गरेका छन् । सुदिप पौडेलद्वारा निर्देशित भिडियोको सम्पादन सुवास अमगाइँले गरेका हुन् । व्यास नगरपालिका–१३ तनहु“का गीतकार पाण्डेको यो पहिलो गीत हो । हाल सडक डिभिजन कार्यालय तनहु“मा कार्यरत पाण्डेले क्याम्पस अध्ययनदेखि नै साहित्य पढ्ने र लेख्ने गर्दै आइरहेको बताए ।

प्रतिक्रिया