जीवनशैली

दुई वर्षपछि थिरजको ‘उदासी’ (भिडियो)

काठमाडौं, २९ भदौं । जोगी संन्यासी व्यक्ति कति सांसारिक माया मोहमा फर्किएलान् ? यस्तै विषयवस्तु समेटेर तयार पारिएको ‘उदासी’ बोलको गीतसहित गायक थिरज राई दर्शकमाझ आएका छन् । गायक राई करिब तीन वर्षपछि आफ्नो नयाँ भिडियो लिएर आएका हुन् ।
टीएनएसपीएमले शुक्रबार उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो । उक्त गीतका रचनाकार घनश्याम राई हुन् भने संगीतकार गायक राई नै । प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा जोन पुलामी मगर, अंशु गर्बुजा मगर र अनिता थापालगायतले अभिनय गरेका छन् । यसको पोस्ट प्रोडक्सनको काम रेन्बो रेन्जले गरेको छ ।
गायक राईले यो गीतमा कोही पनि प्रकृतिविरुद्ध जान नसक्ने विषय समेटिएको बताए । यही विषय वस्तुमा भिडियो तयार पारिएको अभिनेता मगरको भनाइ छ । उनका अनुसार जोगी बनेका व्यक्तिको प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ ।
गायक राईको यसअअघि ‘गाँजलु आँखा’गीतको भिडियो सार्वजनिक भएको थियो । ‘गाँजलु आँ“खा’ गीतको भिडियो बनाएपछि लामो समय संगीत, संगीत संयोजनतिर लागें’, उनले भने, ‘अहिले आधुनिक गीतसहित आएको छु ।’
उनका ‘यता टाले उता फाट्छ’, ‘कलियुग’, ‘गाँजलु आँखा’, ‘लाहुरेको जिन्दगी’लगायतका गीत चर्चित छन् । उनले ‘अघिपछि’, ‘कलियुग’ र ‘निमन्त्रणा’ तीन गीति एल्बम प्रकाशन गरिसकेका छन् । झन्डै २० वर्षदेखि सांगीतिक क्षेत्रमा क्रियाशील उनका १ सयभन्दा बढी गीत रेकर्डेड छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top