५० हजार वर्षपछि फेरि पृथ्वीबाट पुच्छ्रेतारा देखिँदै, तर, कसरी हेर्ने ?
अखबार टुडे
प्रकाशित:
२०७९, २८ पुष

काठमाडौं, २८ पुस । सौर्यमण्डलमा देखिने पुच्छ्रेतारा कस्तो होला ? यस्तै कौतुहलता गर्दै हुनुहुन्छ भने यो शुक्रबारसम्म पर्खनुस् । ५० हजार वर्षअघि पृथ्वीबाट सौर्यमण्डलमा देखिएको पुच्छ्रेतारा फेरि देखिने शुक्रबारदेखि केही दिन देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ ।

C/2022 E3-ZTE नामकरण गरिएको उक्त पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने र त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिने जनाइएको छ ।

नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवतारा नजिकै पुस अन्तिम सातादेखि माघ महिनाको दोस्रो सातासम्म साँझ ७ बजेपछि अवलोकन गर्न सकिने समितिले जानकारी दिएको छ । २ पुच्छ्रेतारामा यो पुच्छ्रेतारा पृथ्वीबाट ४२ करोड किमिको दुरीमा आइपुग्ने जनाइएको छ ।

हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि दक्षिणी गोलार्धमा बस्नेले पनि यो तारा अवलोकन गर्न सक्ने भएका छन् ।

तर, यसलाई नाङ्गो आँखाले अवलोकन गर्न नसकिने जनाइएको छ । समितिका अनुसार यसलाई हेर्न वाइनाकुलर तथा टेलिस्कोपको सहायता आवश्यक पर्नेछ । २ फब्रुअरीपछि केही समयका लागि यसलाई खाली आँखाले समेत अवलोकन गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया