खुसीका रंगहरुमा ‘प्रेमको अर्थ’ खोज्दै रुकमान र करिश्मा (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, २७ चैत्र

काठमाडौं । गायिका खुसी थुलुङ राई नयाँ गीत एल्बम ‘खुसीका रंगहरू’ लिएकी आएकी छन् । एल्बमको सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।

उक्त गीति संग्रहलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वपर्यटनमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किराँतीले सार्वजनिक गरेका थिए । यसअघि थुप्रै गीतमा स्वर दिइसकेकी खुसीको यो पहिलो सोलो एल्बम हो ।

सार्वजनिक गीति संग्रह ‘खुसीका रंगहरु’मा आठ वटा गीत समावेश छन् । तीमध्ये गीतिसंग्रहमा संग्रहीत ‘प्रेमको अर्थ’ बोल गीतको भिडियो सार्वजनिक गरिएको थियो । सार्वजनिक ‘प्रेमको अर्थ’ गीतको भिडियोमा गायकसमेत रहेका रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा प्रेमको अर्थ खोज्ने प्रयास गरिएको छ । ‘प्रेमको अर्थ’ गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको संगीत रहेको छ ।

गायिका खुसीले आफ्नो पहिलो गीतिसंग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले थप कामका लागि हौसला मिलेको बताइन् । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्नेछु’ उनले भनिन्, ‘गीतसंगीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिएको छ ।’

एल्बममा रहेका आठ गीतमध्ये ६ वटा भिडियो बनिसकेको भएपनि एउटा मात्र रिलिज गरेको गायिका खुसीले बताइन् । उनले भनिन्, ‘अरु भिडियो क्रमसः सार्वजनिक गर्दै जानेृ सोच छ ।’ उक्त भिडियोलाई खुसीले आफ्नै अफिसियल युट्यु्ब च्यानलमार्फत सुार्वजनिक गरेकी हुन् । यस एल्बमको अडियोलाई रुबुशा क्रियशनले प्रवद्र्धन गरेको छ ।

प्रतिक्रिया