नयाँ भर्सनमा यस्तो बन्यो ‘खोली रसायो’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८१, २ बैशाख

काठमाडौं । एक समयको चर्चित लोकगीत ‘खोली रसायो’ नयाँ भर्सनमा आएको छ । यस गीतलाई नयाँ भर्सनमा गायिका जुना श्रीस मगर र अम्बर विरही गुरुङले गाएका हुन् ।

राजेन्द्र लम्साल क्षेत्री र माया गुरुङले गाएको यो गीत एक समय चर्चामा आएको थियो । तर, अहिले पुनः ‘खोली रसायो’ गीतलाई नयाँ भर्सनमा गाएर जुना र अम्बरले चर्चामा ल्याउने प्रयास गरेका छन् । लाग्छ, पक्कै पनि यो नयाँ भर्सनलाई पनि दर्शक तथा श्रोताले रुचाउँने छन् ।

अम्बर विरही गुरुङको शब्दरचना रहेको यस गीतको भिडियोमा चर्चित लोकगायिका देवी घर्तिमगर मोडलका रुपमा देखिएकी छन् । भिडियोमा देवी घर्तिमगरसँगै मोहन बल्लव राना, भुमा श्रीसका अलावा गायिका जुनालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुरेश श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई रोशन गाहा मगरले सम्पादन गरेका छन् । यस भिडियोलाई गायिका जुना श्रीस मगरको अफिसियल युट्युब च्यानल ‘जुना श्रीस मगर’बाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया