यस्तो पनि : पूर्वपतिको पत्नीसँग उषाको दिनहुँ हुन्छ जम्काभेट
अखबार टुडे
प्रकाशित:
२०७९, १ पुष

काठमाडौं, १ पुस । पूर्वमिस नेपाल उषा खड्गी अहिले चिन्तासँगै अनौठो घटनाको साँक्षी बनिरहेकी छन् । उनी छोराछोरीको मानसिक अवस्थालाई लिएरको चिन्तामा छिन् भने अर्कोतर्फ आफ्नै अगाडि पूर्वपतिले सौता भित्राएको साँक्षी बनेकी छन् ।

गत जेठ २६ गते भक्तपुर जिल्ला अदालतबाट पारपाचुके गरेकी उषा उनी बसिरहेकै घरमा उनका पूर्वपति जीपी तिमिल्सिनाले अर्की श्रीमती भित्र्याएका छन् । उनीहरुबीच दिनहुँ जम्काभेट हुन्छ ।

उषा आफ्नो तनाव व्यवस्थापन गर्न सक्छिन् । तर, उनका छोराछोरी यो सबै कुरालाई सामान्य रुपमा बुझ्ने भइसकेका छैनन् । उनीहरुलाई कस्तो मानसिक असर पर्ला सोच्दासोच्दै उषा तनावमा पुग्छिन् । जीपीको बिहेको खबरले सबैभन्दा विक्षिप्त उनकी १७ वर्षकी छोरी बनेकी थिइन् ।

आफ्नो बुबाको बिहेको खबर आमालाई सुनाउँदै उनकी छोरीले भनेकी थिइन्, ‘मामु, आज ड्याडीको बिहे रे, यही घरमा भित्र्याउने रे । हजुर यहाँ नबस्नुस् ।’ यो गत मंसिर १९ गते बिहानको कुरा थियो ।

त्यसपछि उषा आफ्ना दुई छोराछोरी लिएर दुई दिन माइतीमा चुपचाप बसिन् । दुई दिन उनको दिमागमा बारम्बार एउटै कुरा खेलिरह्यो, ‘छोराछोरीको मानसिकतामा कस्तो असर पर्ला ? एउटै घरमा हामी कसरी बस्नु ? ।’

अप्ठेरोको बाबजुद उषालाई त्यही घरमा फर्किनुपर्ने बाध्यता थियो । बाटोमै भेटिएका बाबुसँग छोरीले दुखेसो पोखिन्, बाबु कुनै जवाफ नदिई हिँडे । उषासँग पनि छोरीलाई दिने जवाफ थिएन ।

भक्तपुर जिल्ला अदालतले जेठ २६ मै सम्बन्धविच्छेद र अंश मुद्दाको फैसला गरेको हो । सम्बन्धविच्छेद कार्यान्वयन भएर जीपीले अर्को विवाह गर्न भ्याए । अंश मुद्दाको किनारा भने लाग्न सकेको छैन ।

अंश मुद्दा किनारा नलागेकै कारण उषा जीपी बसेकै घरको तल्लो फ्ल्याटमा बस्दै आएकी छन् । भक्तपुर जिल्ला अदालतले गरेको सम्पत्ति बाँडफाँटको फैसला चित्त नबुझेपछि जीपीले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।

अंश मुद्दाको फैसला नहुँदै आफू रहेकै घरमा जीपीले अर्की श्रीतमी भित्र्याएपछि उषाले आफूमाथि अन्याय भएको महशुस गरेकी छन् । उनी भन्छिन्, ‘पूर्वपतिबाट मैले एक पैसा पनि अंश पाएकी छैन । म अन्यायमा परेँ। मलाई दोस्रो विवाहमा आपत्ति छैन तर अंशबण्डा हुनुनुपर्छ ।’

सम्बन्धविच्छेदको मुद्दा किनारा लागिसकेको अवस्थामा अर्को विवाह गर्न पाउने कानुनी व्यवस्था छ । कुनै पनि महिलाले अंशसहितको सम्बन्धविच्छेद मुद्दा दायर गरेकोमा अंश प्राप्त हुनेगरी सम्बन्धविच्छेद हुने फैसला भई अंशका हकमा मात्र चित्त नबुझी पुरुषले पुनरावेदन गरेको र महिलाले सुरु अदालतको फैसला चित्त बुझाइ बसेको अवस्थामा दुवैले सम्बन्धविच्छेदलाई स्वीकारेको देखिन्छ । यस अवस्थामा पतिपत्नीको सम्बन्धविच्छेद भएको मानिन्छ ।

यस सम्बन्धमा मुलुकी देवानी संहिता, २०७४ को पारिवारिक कानुनको विवाह सम्बन्धी व्यवस्थाको दफा ८२ ९ख० ले ‘कानुन बमोजिम पतिपत्नीको सम्बन्ध विच्छेद भएमा’ वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने उल्लेख छ ।

यसरी वैवाहिक सम्बन्ध अन्त्य भइसकेपछि दफा ८३ ९क० ले ‘दफा ८२ बमोजिम पति पत्नीबीच वैवाहिक सम्बन्ध अन्त्य भएमा’ पुरुष वा महिलाले पुनः विवाह गर्नसक्ने व्यवस्था गरेको छ । यसरी हेर्दा जीपीको पुनः विवाह कानुनी देखिन्छ ।

प्रतिक्रिया