सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८१, २३ बैशाख

काठमाडौं । सिधाकुरा डटकमलाई अडिओ उपलब्ध गराउने भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशपछि प्रहरीले राजकुमार तिमल्सिनालाई पक्राउ गरेको हो ।

अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले समाचार स्रोत खुलाएका थिए । तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सामग्री प्रकाशन प्रशारण गरेको बयान दिएपछि तिमल्सिनालाई झिकाउने आदेश अदालतले गरेको थियो ।

कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई तारेखमा छाडिएको छ । बयानका क्रममा पनि प्रहरीले उनीहरुलाई भने हिरासतमा लिएको थिएन ।

प्रतिक्रिया