एकै दिन ६२० जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७९, १५ श्रावण

काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ । यही अवधिमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

यस्तै, २९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ ।

प्रतिक्रिया