भीष्मराज फुलाराको लोक देउडा सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८१, २५ बैशाख

काठमाडौं । लेखक एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ठ देउडा गायक दिपेन्द्रप्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर रहेको छ ।

गीतकार दाहालकै संगीत र भुवनप्रसाद बडुको संगीत संयोजन रहेको यस देउडाको म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै अफिसियल युट्यूव च्यानल फुलारा ईन्टरटेनमेन्ट नेटवर्कमार्पmत सार्वजनिक गरिएको हो ।

‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ विग परिवेश स्टुडियो अनामनगरमा भएको हो । रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा ध्वनी मिश्रण जिवन बडु, अभिनयतर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिरबहादुर बोहरा रहेका छन् ।

अमृत उपाध्यायको छायाँकन, शंकर साउदको सम्पादन रहेको यस भिडियोको कलर संयोजनमा गणेश साउदले गरेका हुन् । यस गीतमार्फत गीतकार फुलाराले नेपाली समाजमा विद्यमान जातीयविभेद विरुद्ध सांकेतिक रुपमा आवाज उठाउन खोजेका छन् ।

प्रतिक्रिया