ईयू नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन
प्रकाशित:
२०७९, १ पुष

ब्रसेल्स, १ पुस (एजेन्सी) । युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् ।
युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाव कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताइएको छ ।
चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार युरोपेली नेताहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।
सम्मेलनमा एजेण्डाका रुपमा रहेको युक्रेनलाई मद्दत गर्न १८ बिलियन युरोको आर्थिक सहायता प्याकेज भने अनुमोदन गरिएको छैन् । युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार रहेको सम्मेलनपछि नेताहरूले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
