त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, लागुऔषध कारोबारी घाइते
अखबार टुडे
प्रकाशित:
२०८०, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । विमानस्थल नजिकैको सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो ।

केन्द्रीय प्रवक्ता कुवेर कडायतले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको बताएका छन् । उनको घुँडामुनी गोली लागेको बताइएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।

प्रतिक्रिया