सप्तरीमा आगलागी हुँदा ११० घर जल्याे
अखबार टुडे
प्रकाशित:
२०८१, १९ बैशाख

जनकपुरधाम । सप्तरीको महदेवा गाउँपालिका–१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् । मंगलबार साँझ ५ बजे अचानक आगलागी हुँदा केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको थियो । कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया