लसुन खानुस्, स्वास्थ रहनुस् (यस्ता छन् फाइदा)
अखबार टुडे
प्रकाशित:
२०७९, २६ असार

भान्सामा मसलाको रुपमा प्रयोग गरिने लसुन ठूलो औषधि पनि हो । यो लसुन आयुर्वेदिक औषधिमा पर्छ ।

लसुनमा भएको औषधीय गुण अरू सागपातमा कमै पाइन्छ । आधुनिक चिकित्सा विज्ञानले पनि लसुनको गुण स्वीकार गरेको छ । लसुनका पोटीभित्र रहेका केस्राहरू केलाएर यसको उपयोग गरिन्छ ।

यसले तरकारी स्वादिलो बनाउनेमात्र होइन, पेटसम्बन्धी विविध विकार र रोग पनि निको पार्दछ । लसुनको केस्रा अचारमा प्रयोग गरिन्छ । यति मात्र होइन, लसुनको हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ ।

पातको तरकारी र अचार दुवै बनाइन्छ । लसुनको स्वाद नेपाली मात्र नभएर संसार भरका मानिसहरूको जिभ्रोमा टक्क झुन्डिएको हुन्छ । स्वाद मीठो र गन्ध राम्रो मात्र होइन, यसका निकै धेरै गुनहरू छन् ।

लसुनको पातको सेवन मुटुका लागिसमेत लाभदायी हुन्छ । यसमा पाइने पोलिसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।

लसुनका पात मात्र तरकारीमा मिसाएर खानाले पनि शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ । यो तत्वले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

लसुनको पातले एक प्रकारको एन्टी बायोटिकको काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमताले हुन्छ । यसले शरीरको दुखाइ पनि कम गर्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।

लसुनको पातमा प्रशस्त्रै आइरन तत्व पाइन्छ । त्यसकारण रक्तअल्पता भएकाहरूले लसुनको पातको नियमित सेवन गर्नु लाभदायी हुन्छ । लसुनको पातको सेवन मुटुका लागिसमेत लाभदायी हुन्छ । यसमा पाइने पोलिसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।

लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ र मुटु तथा रगतसम्बन्धी समस्या कम गर्छ । लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणालीसम्बन्धी संक्रमण पनि कम गर्छ ।

साथै, चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ । त्यसैले, लसुनको केस्रा मात्र होइन हरियो पातसमेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

प्रतिक्रिया