भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २३ जेष्ठ

काठमाडौं, २३ जेठ (एजेन्सी) । भारतको उत्तराखण्डमा तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यस भएको छ भने चारजना घाइते भएका छन् ।

हिमाली राज्यको दुर्गम हिन्दू तीर्थस्थल यमुनोत्री जाँदै गरेको यूके–०४–१५४१ नम्बरको बस आइतवार साँझ आइतबार साँझ दुर्घटनामा परेको हो । उक्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेका थिए ।

बस दुर्घटना राज्यको राजधानी देहरादूनबाट करिब १६० किलोमिटर टाढा उत्तरकाशी जिल्लाको दमता नजिक भएको हो । चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको बताइएको छ ।

पुरालाका एसएचओ अशोक कुमारका अनुसार हरिद्वारबाट आउँदै गरेको बस गहिरो खाडल र अन्धकारमा फसेकाले उद्धारमा केही समस्या आएको बताएका थिए । उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो। घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ ।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् । यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया