स्थानीय तहमा कांग्रेसले तोड्यो एमालेको रेकर्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ६ जेष्ठ

काठमाडौ., ६ जेठ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेको रेकर्ड तोडेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो । तर, यस पटक निर्वाचनमा कांग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ ।

शुक्रबारसम्मको तथ्यांकमा कांग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २६७ स्थानीय तहमात्र जितेको थियो ।

त्यस्तै नेकपा माओवादीले १०६ जितेको थियो । यसपटक माओवादी केन्द्रले पनि विगतको तुलनामा बढी स्थानीय तह अहिले नै जितिसकेको छ ।

प्रतिक्रिया