पोखरा महानगरमा गठबन्धनका उम्मेदवार धनराजले फराकिलो अग्रता लिँदै
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

कास्की, १ जेठ । पोखरा महानगरपालिकामा गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । उनले २४ सय मत गन्दा ९२३ मत प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो स्थानमा एमालेका कृष्ण थापाले ८५४ मत ल्याएका छन् भने उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले १ हजार २८ मत र एमालेकी मन्जु गुरुङले ९०७ मत ल्याएकी छन् ।
पोखरामा अहिले वडा नम्बर १, २ र १२ मा मत गणना भइरहेको छ ।

प्रतिक्रिया