काठमाडौं महानगरमा बालेन बढ्याबढ्यै, पछ्याउँदै स्थापित
अखबार टुडे
प्रकाशित:
२०७९, १ जेष्ठ

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी रहेका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन् । मतगणना सुरु भएदेखि नै अग्रता लिँदै आएका उनी लगातार अगाडि बढिरहेका छन् ।

आइतबार बिहानसम्म उनले १८९० मत पाइसकेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत पाएका छन् । उनीहरूबीच झन्डै आठ सयको मतान्तर छ ।

यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छन् । उनले ९४९ मत पाएकी छन् । मतगणना जारी छ ।

प्रतिक्रिया