भरतपुर महानगरकाे मतगणना सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ बैशाख

चितवन, ३१ बैशाख । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो ।

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । यो महानगरलाई राजनीतिक दलहरुले महत्वका साथ हेरेका छन् ।

प्रतिक्रिया