ओमिक्रोनका कारण साङ्घाइमा पुनः चरणबद्ध लकडाउन गरिने
प्रकाशित:
२०७८, १४ चैत्र

काठमाडौं, १४ चैत । चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ ।
सोमबारदेखि सुरु हुने कोभिड परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा सुरूमा लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको हो । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसङ्ख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख केन्द्र बनेको छ ।
चीनमा आइतबार एकै दिन कोभिडका चार हजार ५०० सङ्क्रमित देखिएको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक हजार कम हो । सङ्क्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनका कारण दशौँ हजार चिनियाँ प्रभावित भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
