राष्ट्रपति जेलेन्स्कीद्वारा ‘नो–फ्लाइ जोन’ को लागि आह्वान नवीकरण
अखबार टुडे
प्रकाशित:
२०७८, २ चैत्र

काठमाडौं, २ चैत (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो–फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन् ।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु । मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ । मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ,’ उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा सो आग्रह गरेका हुन् ।

यो सबै ‘रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस् ।’ भन्नका लागि हो उनले भने ।सो अवसरमा राष्ट्रपति जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दा युक्रेनको विनाशकारी भिडियो देखाएका थिए ।

पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो । सो भिडियोको अन्तिम फ्रेममा नो–फ्लाई जोनको अपीलमा आकाश बन्द गर्नुहोस शब्दहरू देखाइएको थियो ।

सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै
यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।

रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्याङ्क छ । ‘अहिले यूक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ ।’

यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तरराष्ट्रिय आप्रबासी संगठन (आईओएम) का प्रवक्ता पल डिलनले जेनेभामा बताए । ‘फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका यूक्रेनबाट बाहिरिएका छन् । गत २० दिनको दौडान यूक्रेनमा हरेक दिन ७०,००० भन्दा बढी केटाकेटी शरणार्थी भएका छन् ।

संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, ‘हरेक मिनेट ५५ जना बालबालिका देश (यूक्रेन) छोडेर विदेशिने गरेका छन् ।’ यूक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन (यूएन न्युज) ले उल्लेख गरेको छ ।

युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ । जेम्स एल्डरले भने, ‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडीका, पोल्याण्डदेखि युक्रेनको राजधानी कीभसम्म कीभबाट आएको जनाउँदै कीभ नाम उच्चारण गर्ने हजारौँ मानिसहरू शहरहरूको बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ ।’ उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए ।

उनले भने, ‘निस्सन्देह, अधिकांश मानिसहरू अद्भुत मनसाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ ।’

प्रतिक्रिया