माइला बाजे को हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७८, ११ माघ

काठमाडौं, ११ माघ । वर्षौंसम्म उनले माइला बाजेको छद्मनाममा राजतन्त्र, दोस्रो जनआन्दोलन, नयाँ संविधान, माओवादी र अन्य राजनीतिक पार्टीलगायत विविध विषयबारे ब्लग लेखे । उनको कलम यति तीखो थियो, उनको दृष्टिकोण तत्कालीन ‘न्यारेटिभ’भन्दा यति फरक थियो–माइलाबाजे को होलान् भनेर पाठक गम खान्थे । अनुमान लगाउँथे ।

कसैले उनी राजा ज्ञानेन्द्र हुन्, भन्ने सोचे । कसैले उनी रुक्माङ्गद कटवाल होलान्, अनुमान लगाए । कसैले उनी पत्रकार मनरञ्जन जोशी हुन सक्छन् भने । यावत् अनुमानलाई विरामल गाउँदै अन्ततः माइलाबाजे सञ्जय उपाध्यायका रूपमा प्रकट भए ।

ब्याकफायर इन नेपाल : हाउ इन्डिया लस्ट द प्लट टूचाइनालगायत पुस्तक लेखेका उपाध्यायआफ्नो परिचय खुलस्त पारेकोे पुस्तकइम्पावर्ड एन्ड इम्पेरिल्ड: नेपाल्स पिस पजलइन बिट्स एन्ड पिसेसमा लेख्छन्, ‘जब मैले ब्लग लेख्न सुरु गर्दै थिएँ, त्यतिखेर राजा ज्ञानेन्द्रको शाही शासन चरम स्थितिमा थियो ।

सात पार्टीको गठबन्धन र माओवादीबीच बाह्रबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर धेरै कुरा अस्पष्ट थिए । भूराजनीति, सार्वजनिक विचार, आशा, निराशा- अनुमान लगाउन नसकिने कुरा थुप्रै थिए । शाही प्रतिगमनको ‘न्यारेटिभ’ जति बलियो भएपनि मैले त्यसलाई कहिल्यै विश्वास गरिनँ, अहिले पनि गर्दिनँ । कसैलाई पनि राम्रो नहुने गरी हाम्रो त्रिपक्षीय लडाइँं धेरै लम्बिएको थियो ।’ आफ्नो ब्रह्मले जे देख्यो, त्यही लेख्ने स्वतन्त्रता आफूलाई छद्मनामले दिएको उनी बताउँछन् ।

माइला बाजेको परिचय थाहा पाएपछि कलाकार मनीषा कोइरालाले ट्विट गरिन्, ‘म र मेरा बुबाआमा अन्तर्दृष्टि र बुझाइले भरिएका उनका लेखहरूको प्रायःचर्चा गथ्र्यौं । र उनको साँचो परिचय अनुमानलगाउने प्रयास गथ्र्यौं ।’

पूर्वपरराष्ट्रमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने, ‘वाह ! अनुमान लगाउने खेल सकियो । सुसङ्गत, सुस्पष्ट भएकामा र अझराम्रो नियतले आफूलाई लागेको कुरा राखेकामा धन्यवाद, सञ्जय उपाध्याय ।’

बाह्रबुँदे समझदारीमा हस्ताक्षर र नयाँ संविधान घोषणा भएको बीचको समयमा घटेका राजनीतिक विकासक्रमबारे पुस्तकले नितान्त फरक दृष्टिकोण प्रदानगर्ने प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘पुस्तकले यीविषयबारेकाहाम्रो बुझाइलाई थप फराकिलो बनाउन मद्दत गर्छ,’ उनले भने । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । दोस्रो जनआन्दोलन र संविधान घोषणाबीचको अवधिमा लेखिएका लेख पुस्तकमा समावेश छन् ।

प्रतिक्रिया