कुन बैंकले कति ब्याजदर बढाए ?
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

काठमाडौं, १ असोज । शुक्रवारदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका छन् ।
भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म ब्याजदर बढाएका हुन्। सबैभन्दा बढी सनराइज बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १० दशमलव ०७ प्रतिशत, ग्लोबल आईएमई बैंकले मुद्दतीको ब्याजदर १० दशमलव ५ प्रतिशत र सानिमा बैंकले १० दशमलव ०१ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ७ दशमलव २५ प्रतिशतबाट ९ दशमलव ०६ प्रतिशत, प्राइम बैंकले ७ दशमलव ७६ प्रतिशतबाट ९ दशमलव ७६ प्रतिशत, एनएमबी बैंकले ७ दशमलव ५० प्रतिशतबाट ९ दशमलव ५२ प्रतिशत र सानिमा बैंकले ६ दशमलव ८५ प्रतिशतबाट ९ दशमलव ५१ प्रतिशत ब्याजदर पुर्याएका छन् ।

यस्तै नविल बैंकले ७ दशमलव ५१ प्रतिशतबाट ९ दशमलव २६ प्रतिशत, एनसीसी बैंकले ८ प्रतिशतबाट ९ दशमलव २६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७ दशमलव १ प्रतिशतबाट ९ दशमलव ५० प्रतिशत, सिभिल बैंकले ८ दशमलव ७८ प्रतिशतबाट ९ दशमलव २५ प्रतिशत र सेञ्चुरी बैंकले ७ दशमलव ५० प्रतिशतबाट ९ दशमलव २५ प्रतिशत पुर्याएका छन् ।

नेपाल बङ्गलादेश बैंकले ७ दशमलव ५० प्रतिशतबाट ८ दशमलव ७६ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशतबाट ९ दशमलव ०२ प्रतिशत ब्याजदर कायम गरेको छ । एभरेस्ट बैंकले ७ प्रतिशतबाट ८ दशमलव ६१ प्रतिशत, कृषि विकास बैंकले ७ दशमलव ५० प्रतिशतबाट ८ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकले ७ दशमलव ०५ प्रतिशतबाट ८ दशमलव ७५ प्रतिशत, र नेपाल एसबीआई बैंकले ७ दशमलव ५५ प्रतिशतबाट ८ दशमलव ५५ प्रतिशत निक्षेपको ब्याजदर पुर्याएका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, बैंक अफ काठमाण्डौले ७ प्रतिशतबाट ८ दशमलव २७ प्रतिशत, हिमालयन बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, लक्ष्मी बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, कुमारी बैंकले ७ दशमलव ६५ प्रतिशतबाट ८ दशमलव १५ प्रतिशत प्रभु बैंकले ७ दशमलव ७५ प्रतिशतबाट ८ दशमलव २५ प्रतिशत मुद्दती निक्षेपको ब्याजदर पुर्याएका छन् ।

प्रतिक्रिया