दुई दिनमै सुन तोलामा साढे १८ हजार घट्यो, कारण यस्तो छ
प्रकाशित:
२०८१, ११ मंसिर

काठमाडौं । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य घटेको छ । सोमबार १५ हजार ९ सयले घटेको सुन मंगलबार २६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार २६ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य घटेसँगै चाँदी पनि ओरालो लागेको छ । आज २५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन प्रतितोला चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको भाउ घटेको हो । सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ ।
यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो। यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त