काठमाडौं । सरकारले राष्ट्रपतिलाई सिफारिस गरेका ४ वटा अध्यादेश जारी भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चारवटा अध्यादेश जारी भएपनि एउटा अध्यादेश रोकिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्तव (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलार्य सैशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।
तर, भूमि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश भने जारी भएन । राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव शैलजा रेग्मीले उक्त अध्यादेश अध्ययनको क्रममा रहेकाले अहिले जारी नभएको जनाएका छन् ।