मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः चार दलको अविश्वास प्रस्ताव दर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
आफूहरुको पक्षमा बहुमत रहेको र संविधान विपरित पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले बताए ।
उनीहरुले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।
हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको दाबि गरेका छन् ।

प्रतिक्रिया