नेपाल खबर

आतंकवाद कहीँकतैबाट पस्न नपाओस् : प्रधानमन्त्री

काठमाडौं, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुुँदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुु¥याउन आवश्यक रहेको बताएका छन् ।
शिवपुुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालीम समापन समारोहलाई सम्बोधन गर्दै उनले हाम्रो जस्तो सानो र विकासमा पछि परेको मुलुकले राष्ट्रियहित र राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुन आवश्यक रहेको धारणा व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘आन्तरिक सुरक्षाको प्रश्नमा कसैको स्वार्थका लागि हाम्रो भूमि आतंकवादको केन्द्र नबनोस्, अनुुचित क्रियाकलापमा मुुछ्ने, शान्ति सुुव्यवस्था खलबल्याउने तथा भय एवं आतङ्कको वातावरण सिर्जना हुन नदिनेतर्फ हामी चनाखो हुुनुपर्छ ।’
आतंकवादको कुनै सीमा नहुने हुुनाले त्यसलाई हाम्रो मुलुुकमा पस्न दिन नहुने बताउँदै उनले भने, ‘आतंकवाद कहीँकतैबाट पनि पस्न नपाओस् ।’ कुुनै राज्यलाई अप्ठेरोमा पार्नुुछ भने आन्तरिक द्वन्द्व र फाटो सिर्जना गर्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले इष्र्या, अहँकार, पूर्वाग्रह, वैयक्तिक आत्मकेन्द्रित स्वार्थले द्वन्द्वलाई मलजल गर्ने धारणा राखे ।
उनले भने, ‘सुुम्पिएको जिम्मेवारी पूरा नगर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने व्यक्तिले राष्ट्रिय एकतालाई बलियो बनाउँदैनन्, ती मुुलुकलाई विभाजन गर्न खोज्ने तत्व हुन् ।’
सामाजिक मूूल्यमान्यतालाई साझा बनाएर एकतालाई कायम राख्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो आवश्यकता भनेका विविधतामा एकता हो । यथार्थ, विविधता र आवश्यकता एकता । विविधता सुुन्दरता हो, एकता बल हो ।’
विविधता, सहअस्थित्व, सहकार्य, पारस्परिक सहयोग हाम्रा राष्ट्रिय पहिचान भएको बताउँदै उनले भने, ‘मुुलुकको खतरा भनेको साम्प्रदायिकता हो, हिंसाको राजनीतिबाट नेपाललाई मुक्त गरिएको छ । हिंसा जनताको बाध्यता भए पनि छनोट हुन सक्दैन ।’
लहड र रहरको रुपमा हिंसालाई कहिल्यै छनोट गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध हाम्रो हितमा हुुन्छ, राष्ट्रिय हित न्यायमा आधारित हुुनुपर्छ ।’
राष्ट्रिय सुरक्षाको विषय शान्ति, सुरक्षा, जनताको चाहना, सुुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रणसँग जोडिने बताउँदै उनले भने, ‘राष्ट्रिय हित र सुरक्षाको पाटो सेनाको एकल जिम्मेवारीबाट मात्र होइन, सरकार र नागरिक समाजको दायित्वभित्र पर्छ ।’
सोही अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा, विकास र समृद्धिको विषय सबै नागरिकको साझा दायित्व भएको बताए । उनले भने, ‘राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छ ।’ राष्ट्रिय सुरक्षालाई सशक्त र बलियो बनाउन सरोकारवालाबीच समन्वय, सहकार्य र मतैक्यता हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सुरक्षाको बहुआयामिक पक्षबारे जानकार हुनुपर्ने बताए ।
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहबाट २५ शिक्षार्थीको सहभागिता थियो ।
छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै यसअघि बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारीजस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न आवश्यक रहेकोमा जोड दिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top