नेपाल-भारतबीच परराष्ट्रसचिवस्तरीय बैठक : कूटनीतिक सम्बन्ध गतिशील बनाउने प्रतिवद्धता
अखबार टुडे
प्रकाशित:
२०७७, १२ मंसिर

काठमाडौं, १२ मंसिर । नेपाल–भारतबीच कूटनीतिक सम्बन्धलाई नयाँ“ उचाइमा पु¥याउने दुई पक्षबीच प्रतिवद्धता भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठकमा यस्तो प्रतिवद्धता जाहेर गरिएको हो ।
नेपाल–भारतबीचको शताब्दीऔँ“ पुरानो सम्बन्धलाई एक्काइसौ“ शताब्दी सुहाउँ“दो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै जाने बैठकमा प्रतिबद्धता व्यक्त गरिएको बैठकमा सहभागी एक सदस्यले बताए । कार्यक्रममा सोही विषयमा जोड दिँदै ऐतिहासिक एवं मानव सभ्यतासँग जोडिएको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने पनि दृढता व्यक्त गरिएको छ ।
विश्व महामारीको रुपमा फैलिएको (कोभिड–१९) संक्रमितको उपचारका लागि भारतीय जनता र सरकारका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई २ हजार भाएल रेम्डिसिभिर इञ्जेक्सन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मन्त्रालयको प्रेक्षालयमा हस्तान्तरण गरेपछि भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले सचिवस्तरीय बैठक उपलब्धिमूलक भएको बताए । ‘द्विपक्षीय सहयोगको समीक्षाका साथै आपसीहितका विविध विषयमा छलफल भयो । हामी नेपालस“गको सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर बनाउन प्रतिबद्ध छाँै’ आफ्ना समकक्षी भरतराज पौड्यालको भनाइ उदृत गर्दै मन्त्री ज्ञवालीले भने ।
नेपाल र भारतका राजनीतिक नेतृत्वको चाहनाबमोजिम द्विपक्षीय सहयोग एवं साझेदारीलाई अझ घनीभूत तुल्याउन आपसी लाभका परियोजना बढाउने सहमति सचिवस्तरीय बैठकमा भएको छ । बैठकमा आफूहरूले विस्तृत र बहुआयमिक प्रकृतिका धेरै विषयमा विचारविमर्श गरेको तथा पारस्परिक हितका सहयोगका केही परियोजनालाई दुत गतिमा कार्यान्वयन गर्न सहमति जनाएको सचिव श्रृङ्गलाले बताए । उनले भने, ‘दुवै पक्षले धैरै द्विपक्षीय प्रयास र परियोजनाहरूमा भएका प्रगतिको सराहना ग¥यौँ“, आपसी सहकार्यलाई अझ सशक्तरुपमा अघि बढाउन थप प्रयत्न गर्ने सहमति पनि भएको छ ।’
नेपालले सिमाना समस्याका विषयले द्विपक्षीय विकासका परियोजना प्रभावित हुन नहुनेमा जोड दिँदै सूचना तथा सञ्चार प्रविधि, अन्तरदेशीय सम्पर्क सञ्जाल तथा एकीकृत जा“च चौकी (आइसिटी)निर्माणलगायत आर्थिक–सामाजिक रुपान्तरणमा योगदान गर्ने भौतिक पूर्वाधार विकासमा केन्द्रित रहेर बैठकमा प्रस्तुत गरेको थियो । भैरहवामा एकीकृत जा“च चौकी निर्माणमा सघाउन भारतसमक्ष नेपालको आग्रहमा भारतीय पक्षले सकारात्मक जवाफ दिएको बैठकमा सहभागी एक भारतीय अधिकारीले बताएका छन् ।
यस्तै, लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध भारतका विदेश सचिवको यो भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने दुवै देशका नागरिकको अपेक्षा रहेको छ ।
बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय आफ्ना समकक्षी नरेन्द्र मोदीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न नेपाल तत्पर रहेको सन्देश पठाएका छन् । बिहीबार सा“झ प्रधानमन्त्री निवास बालुवाटारमा भारतीय विदेश सचिव हर्षबद्र्धनसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई उक्त सन्देश पु¥याइदिन आग्रह गरेका हुन ।
भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईलेबताए । सल्लाहकार डा भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ“ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौंँ“ ।’

प्रतिक्रिया