भक्तपुर हत्या प्रकरण : जेठो छोराले गरे आत्मसमर्पण
अखबार टुडे
प्रकाशित:
२०८१, ९ पुष

काठमाडौं । केही दिनअघि भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन्। यस घटनामा जेठो छोराको संलग्नता हुन सक्ने आशंका छ।

गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए। उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो। डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा आएको प्रहरी स्रोतले जनाएको छ । उनी काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया