जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २१ आश्विन

जाजरकोट, २१ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा बुधबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीका अनुसार जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जना घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा २ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।
गाउँपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीसहित सवार भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया