डेढ किलो सुन र करिब डेढ करोड नगदसहित ७ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८१, १४ बैशाख

बुटवल । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा–२४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल रहेका छन् ।
त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

प्रतिक्रिया