नेपालमा भयावह बन्दै कोरोना : एकैदिन थपिए २४ सय ४० संक्रमित, १९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १९ आश्विन

काठमाडौं, १९ असोज । नेपालमा उपत्यकालगायत देशभर कोरोना संक्रमित बढ्दै गएका छन् । सोमबार उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालकया अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना संक्रमित भेटिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ११७८ जना, भक्तपुरका १०३ जना र ललितपुरका २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार मात्रै काठमाडौंका १३७३, भक्तपुरका ३९ र ललितपुरका १८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
सोमबार उपत्यकासहित देशभर २४ सय ४० जनामा संक्रमण देखिएको छ । यो एकैदिन भेटिएको हालसम्म धेरै हो । यससँगै नेपालमा संक्रमित संख्या ८९ हजार २६३ पुगेको छ । सोमबार पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार २३ हजार ५०७ कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै, सोमबार कोरोनाबाट काठमाडौं उपत्यकाका १२ सहित १९ जनाको मृत्यु भएको छ । काठमाडौंका ७३, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष र ललितपुरमा ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा कोरोनाभाइरस (कोभिड(१९) संक्रमितको संख्या ८९ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ०३३ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७८१ नमूनाको पीसीआर परीक्षण भएको छ । सोमबार ११ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । आइसीयूमा २४४ र ४३ भेन्टिलेटरमा जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया