मुख्य खबर

नेपालमा कोरोनाबाट पहिलोपटक चिकित्सकको मृत्यु

कर्णाली, १५ असोज । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा बिहीबार मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिए ।
दुई साताअघि कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो । उनी प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आएका थिए । नेपालका कोरोनाबाट चिकित्सकको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।

#corona

Click to comment
To Top