मुख्य खबर

कोरोनाबाट धरानमा एक महिलाको मृत्यु

सुनसरी, १२ असोज । धरान उपमहानगरपालिका–२ की एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई आइतबार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा राति नै उनको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उनको कोरोना पोजेटिभ देखिएको थियो ।
उनलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा अत्याधिक सुगरको मात्रा देखिएको प्रवक्ता सापकोटाले जानकारी दिए । योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

Click to comment
To Top