नेपाल अपडेट : कोरोनाका कारण एकैदिन १७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ८ आश्विन

काठमाडौं, ८ असोज । नेपालका कोरोना संक्रमण भयावह हुँदै गएको छ । दैनिक संक्रमित बढ्दै गएका छन् । मृत्युको हुनेको संख्या समेत बढिरहका छन् । पछिल्लो २४ घण्टा कोरोनाका बारण १७ जनाको मृत्यु भएको छ । नेपालमा एकैदिन १७ जनाको मृत्यु यो पहिलोपटक हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा एक हजार ४ सय ९७ जना संक्रमित थपिएका छन् । यो अवधिमा ४५७ जना डिस्चार्ज भएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ जसमध्ये ५० हजार चार सय ११ निको भएका छन् । मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । १८ हजार चार सय ३७ जना उपचाररत छन् ।

प्रतिक्रिया