नेपाल अपडेट : एकैदिन कोरोनाबाट १५ जना मृत्यु, संक्रमित संख्या ५५३२९ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २९ भाद्र

काठमाडौ, २९ भदौं । नेपाल फेरि संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सोमबार देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ ।
यस्तै, एकैदिन कोरोना संक्रमणका कारण सोमबार १५ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरैको मृत्यु भएको यो पहिलो पटक हो । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय ६० पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५३९३ रहेको छ । यसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७२७५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९५४६ छ ।

प्रतिक्रिया