कोरोना : कोरियामा एकै कम्पनीका १८ नेपाली संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, १९ भाद्र

सियोल, १९ भदौ । पछिल्लो समय नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियामा नेपालीलाई पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत दुई नेपालीसहित अन्य १८ संक्रमित पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।
उक्त कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षण गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना संक्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
संक्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँग सम्पर्क भएको ठानिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

प्रतिक्रिया