उपत्यकामा फेरि एक साता निषेधाज्ञा
अखबार टुडे
प्रकाशित:
२०७७, १७ भाद्र

काठमाडौं, १७ भदौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप गरिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । अब २४ भदौंसम्म निषेधाज्ञा रहने छ ।
यसपटकको निषेधाज्ञामा केही सेवा सञ्चालनमा छुट दिइएको छ । यसपटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ ।
यसअघि औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदबाहेक रोक लगाइएको थियो । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंकलगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । अघिल्लो आज मध्यरातिबाट सकिँदैछ ।

प्रतिक्रिया