ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङलाई कारवाही
प्रकाशित:
२०८३, २६ जेष्ठ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरिएको छ ।
केहि दिनअघि मोबाइलले भिडियो खिच्दै बाइक चलाउदा उनी दुर्घटनामा परेका थिए । सो दुर्घटनामा उनलाई सामान्य चोट समेत लागेको थियो । सो भिडियो उनी आफैले सामाजिक सञ्जालमा राखेका थिए । सो घटनापछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो ।
प्रहरीले भनेको छ- ‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।’
साम्पाङको सो भिडियो सार्बजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो । कैयौंले सांसदलाई कारवाही नगर्ने भन्दै प्रहरीमाथि प्रश्न समेत उठाएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
