विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे रिहा
प्रकाशित:
२०८०, १८ श्रावण

काठमाडौं, १८ साउन । एक टेलिभिजन अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन् । उनी बुधबार नै रिहा भएकी हुन् ।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
त्यसपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । तर उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रदर्शन हुँदै आएको थियो । बुधबार विहान मात्रै उनी पक्राउ परेका थिए ।
प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो। तर अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि पाण्डे रिहा भएकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
