सरकारमा जाने राप्रपाको निर्णय
प्रकाशित:
२०७९, १३ पुष

काठमाडौं, १३ पसु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारे अनिर्णित थियो । तर, बुधबारको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएपछि सरकारमा जाने निर्णय गरेको हो ।
पार्टीका एक नेताका अनुसार बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हितविपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
