विवाहपछि इन्दिराको पहिलो ‘पछ्यौरी’ (भिडियोसहित)
प्रकाशित:
२०७९, १६ असार

काठमाडौं, १६ असार । गायिका इन्दिरा जोशी आफ्नो नयाँ गीत लिएर आएकी छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच इन्दिराको ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान फिचर्ड छन् । भिडियोको निर्देशक प्रवीण सिंह हुन् ।

हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । केही समयअघि मात्र वैवाहिक जीवनमा बाँधिएकी गायिका इन्दिराको विवाहपछिको यो पहिलो गीत हो । गीत सार्वजनिक कार्यक्रममा उनका पति शरद केडिया पनि उपस्थित थिए । कार्यक्रममा इन्दिरा विवाहित ‘लुक्स’मा उपस्थित थिइन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
