
काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ । वार्ताका लागि बैठक अहिले बिहान ११ बजे बोलाइएको छ । आजको वार्तालाई नो केवलबार समूहले निर्णायक भनेको छ ।
पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच यही माघ २२ गते सहमति भएको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । ६ बुँदे सहमति अनुसार आज पुनः विस्तृत वार्ता हुन लागेको हो ।
यसअघि दुवै पक्षबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने, मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने सहमति भएको थियो ।