तिते करेला खाँदा स्वास्थ्यलाई यी १० फाइदाहरु
अखबार टुडे
प्रकाशित:
२०८०, १९ आश्विन

काठमाडौं । भान्सामा प्रयोग हुने तरकारीमध्ये एक तिते करेला पनि हो । तरकारीहरुमा कसैलाई करेला एकदमै मन पर्दछ त कसैलाई मन पर्दैन । स–साना बच्चाहरु त झनै करेलाको नामै लिन चाहँदैनन् । त्यसैले करेलालाई मरमसला लगाएर पकाइन्छ र तरकारी तथा अचारको रुपमा प्रयोग गरेर खाने गरिन्छ । तर, तपाईहरुलाई तितो करेलाको फाइदाका बारेमा थाहा नहुन सक्छ ।

करेलाका फाईदाहरु
१. करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पु¥याउँछ । त्यसैले शरीरमा कफ जम्मा भएको खण्डमा करेला खाँनु फाइदाजनक मानिन्छ ।

२. करेलाले पाचनशक्ति बलियो बनाउँछ साथै भोक नलाग्नेहरुलाई भोक लाग्ने बनउँछ ।

३. करेला शितल खाद्य सामाग्री भएकोले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।

४. दमको समस्या भएका बिरामीहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खाँदा अत्याधिक फाइदा हुन्छ ।

५. डायबेटिजको समस्या भएका बिरामीहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।

६. करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत पुर्याउँदछ ।

७. बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गर्दा आराम मिल्दछ ।

८. पक्षघातका बरामीहरुलाई काँचो करेला खुवाउँदा स्वास्थ्य अवस्था एकदमै राम्रो बन्दछ ।

९. बान्ता, हैजा आदि रोग लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गर्दा शिघ्र स्वास्थ्य लाभ हुन्छ ।

१०. कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।

प्रतिक्रिया