चन्द्रयान-३ पछि सूर्यको अध्ययन गर्न भारतले पठायो रकेट
अखबार टुडे
प्रकाशित:
२०८०, १६ भाद्र

काठमाडौं, १६ भदौ । भारतले सूर्यको अध्ययन गर्न अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ । शनिबार चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटाबाट भारतले पहिलो आदित्य–एल वानको सफल प्रक्षेपण गरेको हो ।

चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको दुई साता नवित्दै भारतले सूर्यको अध्ययनका लागि अर्को मिसन पठाएको हो । आदित्य–एल वानले पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर (९ लाख ३० हजार माइल) टाढाको बिन्दुबाट सूर्यको अध्ययन गर्छ ।

यो अन्तरिक्षयानमा सूर्यको कोरोना, क्रोमोस्फियर, फोटोस्फियर र सौर्य वायुको अध्ययन गर्न सात वटा भारीह (पे लोड) जडान गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले जनाएको छ । प्रक्षेपण गरेको एक घन्टापछि इसरोले यसलाई सफल प्रक्षेपण भनेको छ । आदित्य–एल वानलाई निर्धारित बिन्दुमा पुग्न १२५ दिन लाग्ने अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ ।

पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ । पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको हो । जसले एल वान विन्दुमा स्थापित भइसकेपछि सूर्यलाई निरन्तर अवलोकन गरिरहने इसरोले जनाएको छ ।

प्रतिक्रिया