आजको मौसम प्रर्वानुमान : देशभर बदली, यी ६ प्रदेशमा भारी वर्षा
अखबार टुडे
प्रकाशित:
२०८०, २७ श्रावण

काठमाडौं । आज साउन २७ गते । आज पनि मौसम देशभर बदली भई वर्षा भरहेको छ । देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढीपहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ ।
आज शनिबार गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया